Saturday, August 2, 2014

Online storage, उत्कृष्ठ क्लाउड स्टोरेज !

उत्कृष्ठ क्लाउड स्टोरेज

कुनै एक कम्प्युटर डिभाईसबाट अर्को डिभाईसमा फाईलहरु स्थानान्तरण गर्नुप¥र्यो भने सजिलो माध्यम के हुनसक्छ ? सामान्यतया पेनड्राईभ, सिडी लगायतको माध्यमबाट डाटा सार्ने काम गरिन्छ तर ती डिभाईसले भनेको समयमा काम नगर्न पनी सक्छन् । पेनड्राईभ भाईरस सक्रमणले खुलेन, सिडी फुट्यो, कोरियो र फाईल एक्ससेस हुने सम्भावना देखिएन भने ती महत्वपुर्ण फाईलबाट गरिनुपर्नेे कामकाज कसरी सम्पन्न गर्ने ?

कम्प्युटर लगायत अन्य डिभाईसमा तयार गरिएका महत्वपुर्ण फाईलहरु ईन्टरनेटको माध्यमबाट स्टोर गर्न एवं एक ठाउँको सामाग्रीमाथी अर्को ठाउँबाट पहुँच पुराउन क्लाउड स्टोरेजको प्रयोग गरिन्छ । अनलाईनमा फाईल स्टोर गर्न,  सेयर गर्न र एकभन्दा वढी स्थानबाट एकै फाईलमाथी पहुचँ पु¥याउन क्लाउड स्टोरेज अर्थात अनलाईन स्टोरेजको महत्वपुण छ । लगईन आईडी र पासवर्डले मात्रै अनलाईनमा स्टोर गरिएका सामाग्रीमाथी पहुँच पराउन सकिने हुदा सुरक्षाको हिसाबले पनी यसलाई बिश्वसनिय मान्ने गरिन्छ ।  


बिकिपिडियामा भनिएको छ, क्लाउड स्टोरेज आधुनिक उद्यम भण्डारको एक मोडल हो जहाँ साधारणतया तेश्रो पक्षबाट होष्ट गरिएको हुन्छ । साथै यसमा  भर्चुअल पुलको माध्यमबाट स्टोर गर्ने काम गरिन्छ । माओसेफ कार्ल रोबनेट लिक्लडरले सन् १९६० मा क्लाउड स्टोरेजको विकास गरेको विश्वास गरिदै आईएको छ भने बेव २।१ को विकासपछि यसको प्रयोग तिब्र गतिमा सुरु भएको पाईन्छ । क्लाउड स्टोरेज सेवा उपलब्ध गराउदै आएका साईटहरुले निश्चित मापदण्डसम्म निशुल्क र तोकिएको भन्दा वढी सुविधा लिनुपरेको खण्डमा शशुल्क सेवा दिदै आएका छन् । निशुल्क तर उत्कृष्ठ सेवा दिदै आईरहेका केहि साईटहरुको विशेषता : 

ड्रप बक्स 

सन् २००७ मा स्थापना भएको यस कम्पनीले २ जिबी सम्मको डाटा निशुल्क अनलाईन ब्याकअपको रुपमा स्टोर गर्ने सुविधा दिदै आएको छ । ड्रप बक्सलाई सबैभन्दा उत्कृष्ठ क्लाउड स्टोरेज साईटको रुपमा पनी ब्याख्या गरिएको पाईन्छ । ड्रपबक्सको अनुसार दशौ लाख प्रयोगकर्ताले यसको सेवा लिदै आईरहेका छन् । कम्प्युटर, ट्याब्लेट, स्मार्ट फोन लगायतबाट सहजै ड्रपबक्समा महत्वपुर्ण सामाग्री स्टोर एवं सेयर गर्न सकिन्छ भने विण्डोज, म्याक, लिनक्स, एन्ड्रोईड लगायत अपरेडिङ सिस्टमबाट यसलाई प्रयोग गर्न सकिन्छ । बढीमा ३२ जना आफ्ना साथीलाई ड्रप बक्स  प्रयोग गर्न सिफारिस गर्नुभयो भने प्रत्येक व्यक्तिबाट ५ सय एमबी गरी कुल १६ जिबीसम्मको निशुल्क स्पेस सुविधा पाउन सकिनेछ  । 


गुगल ड्राईभ 

सर्च ईन्जिन गुगलले अप्रिल २४, सन् २०१२ बाट गुगल ड्राईभको सेवा सुरु गरेको हो । यसका प्रयोगकर्ताले क्लाउड स्टोरेज, फाईल सेयर र ग्रुप ईडिटिङको सुविधा लिन सक्नेछन् । गुगल ड्राईभले  १५ जिबीसम्मको निशुल्क स्टोरेज स्पेस उपलब्ध गराएको छ तर यसमा जिमेल, गुगल प्लस र पिकासाको स्टोरेजलाई समेत एकमुष्ठ जोडिएको हुन्छ । यदि १५ जिबीभन्दा बढी स्टोरेज स्पेस चाहिएको खण्डमा नियमित मासिक शुल्कमा थप सुविधा लिन सकिन्छ ।  विण्डोज एक्सपी, विण्डोज भिष्टा, विण्डोज ७,  विण्डोज ८, म्याक, एन्ड्रोईड स्माटफोन, ट्याब्लेट, आईफोन र आईप्याड लगायतको अपरेटिङ सिस्टममा गुगल ड्राईभ प्रयोग गर्न सकिने गुगलले जनाएको छ । 



कपी 
कपी डटकमले सीधै १५ जिबी स्पेट निशुल्क स्टोरको लागी छुट्टाएको छ । कान्छो  क्लाउड स्टोरेज सेवा प्रदायकको सुचीमा पर्ने यो सन् २०१० मा स्थापना भएको हो । यस कम्पनीले पनी स्तरिय स्टोरेज सेवा प्रदान गर्दै आएको छ  । ड्रपबक्सले जस्तै तपाईले अरुलाई यसको सेवा प्रयोग गर्न सिफारिस गर्नुभयो र सो व्यक्तिले प्रयोग गर्न सुरु गरेसँगै थप ५ जिबी स्टोरेज स्पेस बोनस पाउनुहुनेछ । जम्मा २० जिबी र त्यो पनी निःशुल्क । विण्डोज, म्याक, लिनक्स, एन्ड्रोईड र आईफोन लगायत अपरेटिङ सिस्टमका ग्याजेट्सबाट प्रयोग गर्न सकिने यो सुविधामा डाटा अपलोड स्पिड निकै राम्रो रहेको उल्लेख गरिएको छ ।



बक्स 

ड्रप बक्स र बक्स उस्तै लागेपनी यी भिन्नै क्लाउड होस्टेड कम्पनी हुन् । बक्सले सन् २००५ देखी नै होस्टेड सेवा सुरु गरेको हो । बक्स सन् २०१४ सम्म आईपुग्दा उत्कृष्ठको सुचीमा पर्न आउछ । यसले पनी कुल १० जिबी स्टोरेज डाटा नयाँ प्रयोगकर्ताको लागी निशुल्क दिदै आएको छ । मोबाईलमा आईफोन, एन्ड्रोईड, विण्डोज र ब्लायकबेरी अपरेटिङ सिस्टमलाई ध्यानमा राखेर कार्य सम्पादन गरिरहेको यसले बेब पोर्टलबाट न्यु डकुमेण्ट बनाउन, माईक्रोसफ्ट अफिस, गुगल डकुमेण्ट र बेब वेष्ट फम्र्याटमा ईडिट एवं डाउनलोड गर्ने सुविधा दिदै आएको  छ । 

यतिमात्रै नभएर अन्य धेरै उत्कृष्ठ र स्तरिय निशुल्क सेवा दिने क्लाउड स्टोरेज साईटहरु छन् जस्तै वान ड्राईभ, आई क्लाउड, स्पाईडरोक, एमाजोन क्लाउड ड्राईभ लगायतले पनी माथि उल्लेख गरेका फिचर एवं सो सरहनै विश्वसनिय सुविधा दिदै प्रयोगकर्ताको मन जित्न सफल भएका छन् । 

No comments:

Post a Comment

Nepal's national song

Nepal's national song
National song