Saturday, August 2, 2014

Computer slow ? make it faster !

कम्प्युटर स्लो भयो ? कम्प्युटरलाई फास्ट बनाउनुस्

लाइरहेको कम्प्युटरको गती एकाएक कम हुदै गयो ।  कम्प्युटरले खरिद गर्दाको समयमा जुन गतीमा काम गथ्र्यो अहिल्य त्यस्तो अवस्था रहेन । अझ महत्वपुर्ण काम गर्न भनेर वस्यो मिनेटको काम घण्टौसम्म पनी सम्पन्न गरिसकिएन भने त कसको कन्पारो तात्दैनर ? कम्प्युटरको गती राम्रो नहुनुमा विविध पार्टपुर्जा तथा इन्सर्टल गरिएका सफ्टवेयरमा भर पर्छ । जती स्तरिय प्रोग्राम छन् उतीनै राम्रो काम गरिरहेको हुन्छ । तर अर्को विषय जती धेरै राम्रो क्षमताको कम्प्युटर भएपनी निरन्तर लामो समयसम्म काम गरिरहन्छ भन्नेपनी छैन । विहाँन कम्युटर खोल्दा जुन गतीमा काम भएको हुन्छ  त्यहीँ गती बेलुकासम्म पनी देख्न पाइदैन । अझ कम्प्युटर जती पुरानो हुदै गयो त्यतिनै काम गर्ने गतीमा सुस्तता हुदै गइरहेको हुन्छ । 

धेरैभन्दा धेरै फाईल फोल्डरले भरिभराउ कम्युटरले निकै सुस्त गतीमा काम गर्न थाल्यो भने कम्प्युटर फर्मेट गर्नुपर्छ भन्ने गरेको पनी सुन्न पाइन्छ । फर्मेट लामो समयपछि मात्रै गरिन्छ , पटक पटक फर्मेट गरिदै गइयो भने कम्प्युटरको काम गर्ने क्षमतामा नकरात्मक असर पर्न थाल्छ र चाडै सो कम्प्युटर फोहोरको थुप्रोमा  मिल्काउनुपर्ने पनी हुनसक्छ  । तर त्यसको ठाउँमा आवश्यक काम गरिसकेपछि कम्प्युटरलाई केहि मिनेटसम्म मात्रैपनी केयर गरियो भने  निरन्तर लामो समयसम्म उहि पुरानै गतीमा काम लिन सकिन्छ ।  विशेषत हरेक दिन हामीले धेरै फाइल तथा फोल्डरहरु खोल्छौ र त्यही रहेर काम गरिरहदा बनेका  डुप्लिकेट फाइल तथा फोल्डरहरुले कम्प्युटरको मेमोरीमै आफ्नो स्थान वनाएर वसेका हुन्छन् । 

 त्यस्ता अनावश्यक फाइल फोल्डरलाई हटाएर आफ्नो कम्प्युटर चुस्तदुरुस्त वनाउको लागी सवैभन्दा पहिल्य किवोर्डमा “विण्डोज” आइकन र “आर” एकै पटक प्रेस गर्नुस् त्यहाँ रन खुल्नेछ । देखिएको चेकवक्समा recent  टाइप गर्नुस र इन्टर प्रेस गर्नुस् । त्यहाँ धेरै  फाइलहरु देखिनेछ र त्यसलाई डिलिट गर्नुस् । recent टाइप गरेर त्यस्ता फाइललाई डिलिट गरेजसैगरी क्रमश %temp%  , temp र prefetch वाट पनी अनावश्यक सकंलित त्यस्ता फाइल एवं  फोल्डर डिलिट गर्न सकिन्छ ।  यी र यस्ता प्रकारका फाइल फोल्डर दैनिक जसो हटाउदै गएको खण्डमा कम्युटरले काममा राहत दिनेनै छ । नियमित रुपमा काम गर्दै गर्दा अचानक समस्या र गतीमा गिरावट नआओस भन्नको लागी यस्ता सानातिना लाग्ने विषयमा ध्यान दिनुपर्छ भनिएको हो । दैनिक रुपमा कम्प्युटरमा काम गरिसकेपछि सट डाउन गर्नुअघि यस्ता प्रकारका डुप्लिकेट भएर वसेका फाइल,फोल्डरहरु हटाउन नर्विसनुहोला । अर्को महत्वपुर्ण विषय भनेको डिलिट गरिएका सम्पुण फाइल,फोल्डर रिसाइकल विनमा धकेल्नासाथ कम्प्युटरको भारमा कमी हुन्छ भन्ने भ्रममा पनी पर्न हुदैन । रिसाईकल विनलाई नै क्लियर गर्न जरुरी छ । 

त्यस्तै विण्डोज ७ अपरेटिङ सिस्टम रहेको कम्प्युटरको गती वढाउने अर्को विधी डिस्क क्लिनअप पनी हो । डिस्क क्लिनअपसम्म पुग्नको लागी मेनुवारवाट अल प्रोग्राममा जानुपर्ने हुन्छ । त्यहाँ एससरिज अप्सन देखिनेछ सोहि मेनुमा सिस्टम पनी पाउन सकिन्छ । सिस्टम टुलमा माउस ओभर गर्नुभयो भनेमात्रै पनी  डिस्क क्लिनअप देखिनेछ । डिस्क क्लिनअपवाट ड्राइभ छनोट गरेर त्यहाँ रहेका अनावश्यक फाइल,फोल्डर हटाउन सकिन्छ । कम्प्युटरको गती वढाउनको लागी गरिने अर्को विधी भनेको  डिस्क डिफ्रागमेन्टर पनी हो । यसको लागी पनी मेनुवार हुदै अल प्रोगाममा गएर एसोसरिज मेनुमा माउस ओभर गर्न आवश्यक छ क्रमस सिस्टम टुलमा जानुपर्ने हुन्छ । डिस्क क्लिनअपसगै डिस्क डिफ्रागमेन्टर पनी देखिनेछ, त्यहाँ क्लिक गरिसकेपछि कम्प्युटरको कुन ड्राइभमा जाने भन्ने विकल्प देख्नुहुनेछ र क्रमस कम्प्युटरमा रहेका ड्राइभरलाई सफ गर्न सकिन्छ । 
फोटो:गुगल
'एकै क्लिकमा कम्प्युटरलाई यसरी फास्ट बनाउनुस्"
इन्टरनेट जोडिएको कम्प्युटरको गती अझ अरु कम्प्युटरभन्दा चाडै सुस्त हुने गर्दछ । इन्टरनेटवाट भाइरस तथा अनावश्यक सफट्वेयर डाउनलोडले गर्दापनी प्रोसेसरमा प्रभाव भइरहेको हुने हुदा कुन कुन अनलाइन साइट खोल्न आवश्यक छ र थोरैभन्दा थोरै के कती सफटवेयर प्रयोग गर्न सकिन्छ त्यसतर्फपनी ध्यान दिन सकेको खण्डमा आफुले चलाउदै आइरहेको कम्प्युटरलाई भार तथा चाप कम हुन जान्छ भने हामीले पनी कम्प्युटर केयर गरिएको ठहरिन्छ


- चलाईरहेको कम्प्युटर एकाएक स्लो हुदो गयो भने तपाई के गर्नुहुन्छ ? कम्प्युटर पुरानो हुदै गाको छ एक पटक फम्यार्ट पो हान्नु पर्छ कि भनेर सोच्नु त हुन्न नी ?  प्रायः कम्प्युटर स्लो हुदै गयो भने फर्म्याट गरेर मात्रै फास्ट वनाउन सकिन्छ भन्ने सोचाई पनी मानिसहरुमा रहेको पाईन्छ । लामो समय कम्प्युटर चलाईरहदा कम्प्युटर स्लो हुनु स्वभाविक हो । फाईल,फोल्डर एवं सफ्टवेयरमा रहेर काम गरिरहदा डुप्लिकेशन फाईलहरु वन्ने काम भईरहेको हुन्छन् भने धेरै लामो समय कम्प्युटरमा काम गरिरहदा कम्प्युटरले गर्ने कामको गतिमा गिरावट आईरहेको हुन्छ । यस्तो अवस्थामा कम्प्युटरलाई एकै क्लिकमा पहिल्यकै गतिमा ल्याउनको लागी तपाईले सिक्लिनर (CCleaner)  ईन्सर्टल गर्न सक्नुहुन्छ ।

के हो सिक्लिनर ?

कम्प्युटरमा जम्मा भएका फोहोरलाई पन्छाउदै कामको गतीलाई वढावा दिने टुल नै सिक्लिनर हो । यसले तपाईको कम्प्युटरवाट प्रयोगमा नआउने फाईलहरु हटाउने काम गर्दछ । साथै यसको प्रयोगले हार्ड डिस्कलाई हल्का र छरितो बनाउछ भने ईन्टरनेट व्राउजरहरु (ईन्टरनेट एक्प्लोरल, फायर फक्स, गुगल क्रोम, ओपेरा, सफारी लगायत ) खोल्दा स्वतं  निर्माण भएका फाईल, युआरएल नेम हिष्ट्री , कुकिज, लगायत अन्य धेरैलाई गलत्याएर निकाल्ने  काम सिक्लिनरले गर्ने गर्दछ । 


त्यतिमात्रै कहाँ होर विण्जोडमा भएको रिसाईकल विन , रिसेन्ट डकुमेन्ट, टेम्प्रोररी फाईल, लगायतमा वसेका फाईल तथा फोल्डरलाई पनी क्लियर गर्ने सिक्निरले गरिरहेको हुन्छ । अरुपनी धेरै कामहरु यसले गर्ने गर्दछ जस्तै तपाईले ईन्सटल गर्नुभएको अन्य सफ्टवेयरले निर्माण गरेका आईकन, सटकट फाईल, फाईल एवं फोल्डरलाई हटाउन समेत सहयोग गर्ने काम गरिरहेको हुन्छ । भाईरसलाई समेत यो सफ्टवेयरले एकै क्लिकमा निरुत्साहित गर्ने काम गरिरहेको हुन्छ ।

डाउनलोड गर्नुस् : 

सिक्लिनर प्रयोग गर्दै आएकाहरुलाई यसको महत्व र आवश्यकता के कति छ भन्ने राम्ररी थाहा नै छ । तर यदि तपाई भर्खरै यसको वारेमा जानकारी लिदै हुनुहुन्छ र म पनी आफ्नो कम्प्युटरमा ईन्सटल गरिपो हाल्नुपरो भन्ने लागेको छ भने यहाँवाट डाउनलोड गर्न सक्नुहुन्छ । यो पनी थाहा पाईराख्नुस् यो सफ्टवेयर निशुल्क र शशुल्क दुवै माध्यममा उपलव्ध छ । माथी  भनिएका फिचर भएको सिक्लिनर चाहनुहुन्छ भने निशुल्क नै काफि छ तर त्यो भन्दा पनी एड्भान्स चाहनुहुन्छ भने २५ डलरको हाराहारीमा खरिद  गरेर पनी डाउनलोड गर्न सक्नुहुन्छ । 

No comments:

Post a Comment

Nepal's national song

Nepal's national song
National song