Saturday, August 2, 2014

Did you loss your mobile? No tension !

मोबाईल हरायो ? 'नो टेन्सन'


- आफ्नो मोबाईल हरावस् भनेर कसैले पनी चाहेको हुदैन । थाहै नपाई हराउने हो । कसैगरी आफुले वर्षौदेखी चलाउदै आएको मोबाईल हरायो भने के हालत होला ? लामो समयदेखी सम्पर्कमा आईरहेका व्यक्तिहरुलाई फेरीपनी कसरी सम्पर्क गर्ने ? आफ्ना आफन्त, साथीभाई ईष्टमित्र मात्रै हैन कार्यालयका महत्वपुर्ण व्यक्तिहरुलाई पनी सम्पर्क गर्नुपर्ने हुन्छ । फेरी मोबाईलमै नम्बर सेभ गर्ने सुविधाले फोन नम्बर कण्ठस्थ गर्ने बानी पनी त हुदैन ।

कसैगरी मोबाईल हरायो भने शरिरको एक अगं प्यारालाईसिस भए सो सरह नै हुन्छ । धेरै काम चौपट्ट नै हुन्छ ।  यस्तो अवस्थामा मोबाईल त हरायो हरायो तर सेभ गरिएको नम्वर मात्रै पाएपनी धेरै खुसी हुनेथे भन्नेहरु त धेरै भेटिन्छन् । मोबाईल हराएर महत्वपुर्ण नम्बर तथा अन्य सामाग्रीहरु गुमाउनु नपरोस् भन्नको लागी अहिल्य नै तपाईले कम्प्युटरको माध्यमवाट फाईल  कपी गरेर सुरक्षित राख्न सक्नुहुन्छ । छैन त अचम्म ? 


मोबोजिनिई ( Mobogenie ) ले तपाईको फोन प्रयोगलाई धेरै सहज र सरल बनाउने काम गर्न सक्छ ।  यो एप्सको माध्यमवाट तपाईले आफ्नो फोन नम्वर लगायतका महत्वपुर्ण डाटा कम्प्युटरमा व्याकअपको रुपमा राख्न सक्नुहुन्छ । हजारौ एसएमएसहरु छन् भने सजिलै महत्वका आधारमा कम्प्युटरमै सुरक्षिर र म्यानेज गर्न सक्नुहुन्छ । 
अझ अर्को मज्जाको फाईदा भनेको यो एप्सवाटै आफुलाई मन परेका गित, भिडियो एवं फोटो डाउनलोड गर्न, गेम खेल्न सकिन्छ ।  यो एप्सको फाईदा यतिमै मात्र सकिदैन, मोबोजिनिईले भनेको छ, "सहज एवं सरल तरिकाले मोबाईल प्रयोग गर्न यो एप्स उपयुक्त छ ।", निशुल्क डाउनलोड गर्न मिल्ने  यो एप्सको प्रयोग भने एन्ड्रोईड अपरेटिङ सिस्टमको मोबाईलवाट मात्र प्रयोग गर्न सकिन्छ । डाउनलोड गर्नको लागी यहाँ क्लिक गर्नुस् ।

No comments:

Post a Comment

Nepal's national song

Nepal's national song
National song